थप उपचार पर्खिंदै पाँचथर बस दुर्घटनाका घाइतेहरू

थप उपचार पर्खिंदै पाँचथर बस दुर्घटनाका घाइतेहरू

  • सोमवार, कार्तिक ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

पाँचथर, ८ कात्तिक । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला अस्पतालसहित अन्य दुई निजी अस्पतालमा पुर्‍याइएका घाइतेहरूमा रहेको चोट पटकको पूर्ण परीक्षण तथा उपचार हुन सकिरहेको छैन ।

तीनवटै अस्पतालका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारमा जुटे पनि अधिकांश घाइतेहरूको अवस्था गम्भीर हुनाले उपचार हुन सकिरहेको छैन । अधिकांश घाइतेहरू रगतपच्छे छन् । जिल्ला अस्पतालमा बेड खाली नभएपछि वैकल्पिक व्यवस्थापन गरेरसमेत स्वास्थ्यकर्मीहरू घाइतेकाे उपचारमा जुटेका छन् ।

तर, अधिकांश घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानु पर्ने अवस्था देखिएकाे छ । कतिपय घाइते बोल्न नसक्ने अवस्थाका छन् भने केही बालबालिकासमेत छन् । हालसम्म फिदिममा उपचाररत १२ जना घाइतेहरूलाई थप उपचारका लागि तराईका अस्पतालहरूमा रिफर गरिएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार घाइतेहरूलाई बाहिर जिल्लाका अस्पतालमा रिफर गर्न एम्बुलेन्ससमेत अभाव भएको छ । घाइतेहरूको उपचारका लागि हेलिकप्टरको प्रवन्ध गरिएको बताइए पनि हालसम्म हेलिकप्टर आइसकेको छैन । साेमबार बिहान ११ः३० बजे भएको बस दुर्घटनामा घाइते भएकामध्ये हालसम्म चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ