नेप्से ८८ अंकले वृद्धि , कारोबार रकम पनि बढ्यो

नेप्से ८८ अंकले वृद्धि , कारोबार रकम पनि बढ्यो

  • सोमवार, कार्तिक ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं। पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजार फेरी उकालो लाग्न शुरु भएको छ । करिब ८८ अंकले बढेको बजारमा सवा चार अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
आइतबार २७ अंकले बढेको बजार लगातार दोस्रो दिन हरियो भएको पनि धेरै समय पछि हो। यस अघि बजार एक दिन हरियो भएपनि ३ दिन सम्म रातो हुने गरेको थियो।

सोमबार तीन दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत हाराहारी बढेको छ। बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य ठिक १० प्रतिशतले बढेको छ।

त्यस्तै दिब्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत र युनिभर्सल पावरको सेयर मूल्य पनि ठिक १० प्रतिशतले बढेको छ।

त्यस्तै युनियन हाइड्रो, हिमाल दोलखा हाइड्रो, शिभश्री हाइड्रो, लिबर्टी इनर्जी, अरुण भ्याली, बरुण, मल्टिपर्पोज फाइानान्स, युनाइटेड मोदी, आँखुखोला जलविद्युत र जोशी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतलेनै बढेको छ। युनिलिभर नेपाल, मेरो माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ।

महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड रुपैयाँको सेयर किनबेच हुँदा सिद्धार्थ बैंक र अपि पावरको १३र१३ करोड, नेशनल हाइड्रोपावर १२ करोड र नबिल बैंकको ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सोमबार बजार बढाउन फाइनान्स र जलविद्युत समूहले भूमिका खेलेका छन्। सर्वाधिक मूल्य बढ्ने कम्पनीहरुमा यीनै सुमूहका कम्पनी अघि देखिएका छन्।

समूहगत सूचकमा भने जीवन बीमा समूह सर्वाधिक ५३७ अंकले बढेको छ। निर्जीवन बीमा समूह ४६७ अंक, विकास बैंक ३०० अंक, जलविद्युत समूह २०० अंक र फाइनान्स समूह १७६ अंकले बढेको छ।

म्युचुअल फण्ड सहित २२९ कम्पनीको ८४ लाख कित्ता सेयर ५३ हजार पटक कारोबार भएका छन्। ४ कम्पनी बाहेक कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढेको छ। कूल चार अर्ब ३० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ