काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज कात्तिक ८ गते अन्तिम दिन रहेको छ।
गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्म यो आईपीओमा १७ लाख ५८ हजार ४५० आवेदकबाट कुल २ करोड ११ लाख ३२ हजार ५७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३१.१२ गुणाले बढी हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline