विश्वकप क्रिकेट ईतिहासमा पहिलो पटक पाकिस्तानद्धारा भारत पराजीत

विश्वकप क्रिकेट ईतिहासमा पहिलो पटक पाकिस्तानद्धारा भारत पराजीत

  • आइतवार, कार्तिक ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

विश्वकप क्रिकेटको ईतिहासमा पहिलो पटक भारत पाकिस्तानसँग पराजीत भएको छ । दुबईमा जारी विश्वकपमा आज राति सम्पन्न खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको ऐतिहासिक जीत निकाल्यो । टस हारेर ब्याटिगं गरेको भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विना कुनै विकेटको क्षतिमा १३ बद बाँकी छँदै पुरा गर्यो । यसले भारत सर्मनाक पराजयको शिकार बन्यो ।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र बाबर अजामले भारतीय बलरलाई दबाबमा राख्दै उत्कृष्ट साझेदारी गरे । उनीहरुका सामु भारतीय बलरहरु निरीह साबित भए । उनीहरुले एक सय ५२ रनको साझेदारी गरे । मोहम्मद रिजवानले ५५ बलमा ७८ रन जोडे । उनले तीन छक्का र ६ चौका प्रहार गरे । त्यसैगरी कप्तान बाबर आजमले ५२ बलमा ६८ रन जोडे । उनले २ छक्का र ६ चौका प्रहार गरे ।
भारतका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ५७ रन बनाए । रिसभ पन्तले ३९ रन जोडेपछि भारतले मध्यम चुनौती पेश गर्न सफल भएको थियो । शुरुमै शुन्य रनमा ओपनर रोहित शर्मा आउट भए पछि भारत लगातार दबाबमा परेको थियो । मध्यमक्रमका ब्याटस्म्यानले सुधारेपछि भारतले ७ विकेटको क्षतिमा १५१ रन जोडेको थियो ।
पाकिस्तानका लागि उत्कृष्ट बलिगं गरेका शाहिन अफ्रीदीले पहिलो ओभरदेखि नै विकेट लिएर भारतको पारीलाई धक्का दिएका थिए । उनले चार ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

यस अघि विश्वकप क्रिकेटको ३३ वर्षे ईतिहासमा टी ट्वेन्टी फर्मेटमा भारत र पाकिस्तानबीच पाँच पटक आमने सामने हुँदा सबै खेल भारतले जितेको थियो ।
भारत र पाकिस्तानबीच कास्मीर मुद्धाका कारण क्रिकेट खेल समेत छाँया युद्धको रुपमा देखा पर्ने गरेको छ । यस्तोमा आज पाकिस्तानी टिमको जितले सो देशका नागरिक खुसीयाली बनाउन व्यस्त देखिएका छन् भने भारतीय नागरिकहरु असन्तुष्ट बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ