विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने

विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने

  • आइतवार, कार्तिक ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, ७ कात्तिक । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।

क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा विमल र मच्छिन्द्र क्लबका उपाध्यक्ष तथा व्यवस्थापक अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

गत सिजनमा विमलले मच्छिन्द्रबाट अन्तिम खेल मात्रै खेलेका थिए । भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गरेपछि विमलले अन्तिम खेल मात्रै खेल्न पाएका थिए ।

यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा विमलको घुँडामा चोट लागेपछि उपचारका लागि कतारमा गएका थिए । गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग उपाधि हात पार्न सफल भएको थियो । अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन ।

यसपटक क्लबले कप्तान विराज महर्जनलाई बिदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देवेन्द्र तामाङ, रेजिन सुब्बा, सुनिल बल, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।

मछिन्द्रले यसपटक प्रशिक्षकमा पनि ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ