प्रदेश १ को संसदको बैठक कार्तिक १५ गते सम्मका लागि स्थगित

प्रदेश १ को संसदको बैठक कार्तिक १५ गते सम्मका लागि स्थगित

  • आइतवार, कार्तिक ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ।
प्रदेश सभा सचिवालयले आज सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ।
आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो। सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुबैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए।दलहरूको मागअनुसार बैठक सारिएको हो।
काँग्रेसका केही सांसदले फ्लोर क्रस गर्न सक्ने भएकाले काँग्रेसले स्थगितको माग राखेको र एमालेले सत्ता लम्ब्याउन भएपनि आन्तरीक कारण देखाएर त्यस्तो माग गरेको एक सांसदको दाबी छ ।
यो बैठक लम्बिदा मुख्यमन्त्री आचार्यको सत्ता भने केही दिन लम्विने भएको छ ।
काँग्रेस संसदीय दलका नेता राजीव कोईरालाले सरकार आधा आधा कार्यकाल नेतृत्व गर्न पाउनु पर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ