कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

  • आइतवार, कार्तिक ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, ७ कात्तिक । कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र दई दशमलव ६७ प्रतिशत नगद लाभांश ९करसहित० वितरण प्रस्ताव राख्न साधारणसभा आह्वान गरेको छ ।

कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा बैंकको रजिष्टर्ड कार्यालय टंगाल काठमाडौंमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बिहान ११ः३० बजे भर्चुअल माध्यम ९जुम० मार्फत सुरु हुनेछ। कोरोनाका कारण भर्चुअल रूपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

सभामा लाभांश वितरण प्रस्ताव पारित गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसनमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगातको एजेण्डा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ