भारत र पाकिस्तानबीच आज टी -ट्वेन्टी क्रिकेट हुँदै

भारत र पाकिस्तानबीच आज टी -ट्वेन्टी क्रिकेट हुँदै

  • आइतवार, कार्तिक ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

भारत र पाकिस्तानबीच राजनीतिमा जस्तो तिक्तता र बदलाभाव देखिन्छ । ठ्याक्कै क्रिकेटलाई पनि यसरी नै हेर्ने गरीन्छ । दुबैदेशबीच टी ट्वेन्टी विश्व कप क्रिकेट अन्तर्गत आज पहिलो खेल हुँदैछ । राति पौने ८ बजे समुह २ मा रहेका यी परम्परागत प्रतिद्धन्दीबीचको खेललाई महत्वका साथ हेरिएको छ । यो खेल विश्व कपको फाईनल भन्दा पनि अझ चर्को महत्व दिएका हुन्छन् भारत र पाकिस्तानका समर्थकले ।
ईतिहास भारतको पक्षमा रहँदै आएको छ । आज सम्म टी ट्वेन्टी वल्र्डकप अन्तर्गत भएको पाँच खेलमा सत प्रतिशत भारतले जितेको छ । यस्तोमा पाकिस्तानी क्रिकेटटिममाथि यस पटक नतिजा आफ्नो हातमा पार्नु पर्ने दबाब बढी छ ।
भारत र पाकिस्तानको क्रिकेटलाई पनि एउटा युद्धको रुपमा हेरिन्छ । त्यसैको अग्नी परीक्षामा दुबै देशका खेलाडी मैदानमा आमनेसामने हुनेछन् ।
दुबईमा हुने यो खेललाई प्रेसरको रुपमा आफूले नलिएको भारतीय कप्तान बिराट कोहलीले बताएका छन् ।
त्यसै गरी पाकिस्तानी कप्तान बाबर आजमले जीतका लागि आफूहरुले खेल्ने बताएका छन् । कतिपय पाकिस्तानका मन्त्री समेत यो क्रिकेट हेर्न र खेलाडीको मनोवल उच्च पार्न दुबई गएका छन् ।
वल्र्डकप अन्तर्गत भएको एक दिवसीयमा भने तीन खेल उनीहरुबीच भएको छ जसमा एकमा पाकिस्तान बिजयी भएको छ भने दुई खेलमा भारतले बाजी मारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ