सानिमा र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन

सानिमा र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन

  • आइतवार, कार्तिक ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, ७ कात्तिक । सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश वितरण र साधारणसभाका लागि आइतबार भएसँगै नेप्सेले दुई बैंकको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले समायोजित सेयर मूल्य निर्धारण गरेको हो ।

सानिमा बैंकको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले ४१७ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ प्रतिश बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । त्यस्तै, नेप्सेले माछापुच्छ्रेको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३२२ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ ।

नेप्सेले बैंकको १३ दशमलव ३० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले मूल्य निर्धारण गरेको हो । बिहीबार सानिमा बैंकको ४८८ रुपैयाँ ८० पैसा र माछापुच्छ्रे बैंकको प्रतिकित्ता ३६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ