काठमाडौं, ५ कार्तिक ।
बंग्लादेशमा हिन्दु धर्मावलम्बीमाथि भएको दमनको विरोध गर्दै विश्व हिन्दु परिषद नेपालले आज काठमाडौं श्रद्धान्जलीसभा सहितको विरोध कार्यक्रम गरेको छ । बंगलादेशमा दुर्गा पूजाका अवसरमा हिन्दु धर्मावलम्बीको घर र पूजास्थलमा भएको हमलाको निन्दा गर्दै परिषदले इस्लामिक जिहादीद्धारा हत्या गरिएका हिन्दुहरुको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धान्जली कार्यक्रम गरेको हो ।
माइतिघर मण्डलामा आज साझ मैनवक्ति बालेर श्रद्धान्जलीसभाको आयोजना गरिएको हो । सो क्रममा हिन्दु मन्दिर र हिन्दु धर्मावलम्बीका घरमा भएको हमलाको निन्दा गरे ।
उनीहरुले कुनै देश या सरकारको विरोध नभएर आतंकवादको बिरोध गरेकोले यसप्रति गम्भिर बन्न बंगलादेश सरकारलाई आग्रह समेत गरे ।
केही दिनअघि बंगलादेशको कोमिला जिल्लाको चाँदपुरमा दुर्गा पूजाका क्रममा भएको हमलामा ४ जनाको मृत्यु भएको थियो । यसपछि बंगलादेश प्रशासनले राष्ट्रिय स्तरमा सुरक्षा सम्बन्धमा रेड अलर्ट जारी गरेको छ । प्रारम्भिक अनुसन्धानमा अल्पसंख्यक हिन्दू समुदायको दुर्गा पूजा पर्वमा हिंसा भड्काउने दोषीहरुविरुद्ध महत्वपूर्ण सुराक मिलेको अधिकारीहरुले बताएका छन् । त्यहाँका गृहमन्त्री असद(उज(जमान खान कमलले पत्रकारहरुसँग भने, ‘हामी आशावादी छौं कि अर्को एक वा दुई दिनमा घटनाको अनुसन्धानमा प्रगति हुनेछ ।’

बंगलादेशकी प्रधानमन्त्री शेख हसीनले कोमिला जिल्लामा केही दिनअघि भएको हिन्दू मन्दिरहरु र दुर्गा पूजा पण्डलहरुमाथिको हमलापछि कडा चेतावनी जारी गरेकी थिइन् । तर पनि हिंसा रोकिएन, त्यसको केही घण्टापछि नै इस्कन मन्दिरमा हमला भएको जनाईएको छ ।