आशा लघुवित्तको साधारणसभा २७ कात्तिकमा, यस्तो छ विशेष एजेण्डा

आशा लघुवित्तको साधारणसभा २७ कात्तिकमा, यस्तो छ विशेष एजेण्डा

  • शुक्रबार, कार्तिक ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, ५ कात्तिक। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा साधारणसभा बोलाएको छ । लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजे पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले १२ कात्तिकमा एक दिन बुकक्लोज गर्ने भएको छ । यसअनुसार ११ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लघुवित्तको सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिशनसम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको एजेण्डा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ