महिला लघुवित्तको लाभांश संशोधन

महिला लघुवित्तको लाभांश संशोधन

  • शुक्रबार, कार्तिक ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमािडौं, ५ कात्तिक । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दुई दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसअनुसार अब कम्पनीले चार करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिनेछ भने २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यसअघि लघुवित्तले चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ