चाँगुनारायणमा बंगुर पाल्न नपाइने, फार्म हटाउन नगरपालिकाको निर्देशन

चाँगुनारायणमा बंगुर पाल्न नपाइने, फार्म हटाउन नगरपालिकाको निर्देशन

  • शुक्रबार, कार्तिक ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भक्तपुर, ५ कात्तिक । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बंगुर फार्म हटाउन निर्देशन दिएको छ ।

बंगुर फार्मले नगरभित्र फोहोररप्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै पालिकाले उक्त निर्देशन दिएको हो ।

चाँगुनारायण नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा आएका सबै बंगुर फार्म हटाउन भनेको छ ।

स्थानीय बासिन्दाले बंगुर फार्मबाट फोहोररप्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेको भएकाले पालिकाले उक्त निर्णय भएको नगरपालिकाको प्रशासन शाखाका अधिकृत निलाकुमारी घिमिरेले जानकारी दिइन् । उनले सूचना प्रकाशित भएको ३० दिनभित्र फार्म हटाउनुपर्ने र सोबारे नगरपालिकामा जानकारी गराउनुपर्ने समेत बताइन् ।

३० दिनभित्र बंगुर फार्म नहटाइए पालिकाले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी