कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको माग

कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको माग

  • बिहिबार, कार्तिक ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

जनकपुरधाम, ४ कात्तिक । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारलाई नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली(बेइज्जती तथा कुटपाट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई नाङ्गै नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै ट्रेड युनियन धनुषाले त्यसको कडा रूपमा विरोध गरेको छ ।

कुनै राष्ट्रसेवक कर्मचारी गल्ती गरेको खण्डमा त्यसलाई दण्डित गर्ने अनेकन कानुनी प्रवधान हुँदाहुँदै राउतका कार्यकर्ताहरूले कानुनी राज्यलाई उपहास गरेको निजामती कर्मचारी अधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष देवेन्द्र मिश्रले बताए । राउतका कार्यकताद्वारा प्रमुख कुशवाहामाथि भएको घटनालाई हामी घोर भर्त्सना तथा दोषीमाथि कारवाहीको माग गर्छौ, अध्यक्ष मिश्रले भने, ‘तर, भोलि बिहान सबै संगठनको बैठक राखेर थप आन्दोलनका कार्यक्रममा तय गर्छौं ।’

जनकपुरधाम उपमहनगरपालिका- ८ स्थित बल्वा टोलमा सडक तथा नाला व्यवस्थापन नगरेको भन्दै डा। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गरेका हुन् ।

प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर जनकपुर घुमाइरहँदा प्रहरी मुकदर्शक बनेको कर्मचारीहरूको गुनासो छ । प्रमुख कुशवाहालाई कार्यालयबाट निकाल्दै पिराडी चोक, रामानन्द चोकसम्म लछारपछार गर्दै घुमाइरहँदा प्रहरीले उनलाई उद्धार गर्न सकिरहेको थिएन । करिव ४०० को संख्यामा रहेका जनमत पार्टीका कार्यकर्ताहरूका अगाडि प्रहरी न्यून संख्यामा रहेकाले केही गर्न सकिरहेका थिएनन् ।

प्रमुख कुशवाहलाई नियनत्रणमै लिएर जनकपुरधाम उपमहनगरपालिकाको मूल गेटमा ल्याएपछि मात्र प्रहरीले उनलाई उद्धार गर्न सकेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्नेमाथि कडा कानुनी कारवाही हुने बताएका छन् । ुघटनामा संलग्न रहेकामध्ये केहीलाई हामीले पक्राउ गरेका छौँु, उनले भने, ‘उनीहरूमाथि कानुनी कारवाही गर्छौं ।’

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रमुख कुशवाहामाथि दुर्व्यवहार गर्ने १० जनलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । जनमत पार्टीका भ्रातृ संगठन विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजय यादवसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका कार्याकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ