तीन वटा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

तीन वटा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • बिहिबार, कार्तिक ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ । सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सानिमा बैंकले कात्तिक ७ गते, माछापुच्छ्रे बैंकले पनि कात्तिक ७ गते र सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

सानिमा बैंकले कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। यो लाभांश बैंकको आगामी कात्तिक १४ गते हुने २८ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेयर र बाँकी ०.७ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेका छन्। प्रस्तावित लाभांश बैंकको आगामी २६ गते हुने २३ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद कर प्रयोजनार्थ गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको यो लाभांश आगामी कात्तिक १६ गते हुने १७ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ