एजेन्सी ।
१ कार्तिक ।
भारत र पाकिस्थानको सिमा विवादीत क्षेत्र जम्मु काश्मिरमा पछिल्लो एक हप्ता देखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको छ ।
कश्मिरबाट सय किलोमिटर टाढा रहेको सरनकोट स्थित एक गाउँमा आतंकबादी समुहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो ।
अभियानको अघिल्लो दिन आतंकवादी समूहले चलाएको गोली लागि पाँच सैनिकको मृत्यु भएको भएपछि उनीहरुविरुद्ध कारबाही तीव्र पारिएको हो ।
गाउँको नजिकै जंगलमा वर्षौदेखि पकड जमाई बसेका आतंकवादी समुहमाथि सेनाले कारबाही गर्दा उनीहरुतर्फ दर्जनौं घाइते भएको बताइएको छ ।
यसैबिच कश्मिरको कुलमाग भन्ने ठाउमा दुइ गैर कश्मिीरिलाइ गोली हानी हत्या भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline