साफको उपाधी जीत्ने नेपालको सपना अधुरैः भारत आठौँ पटक बिजेता

साफको उपाधी जीत्ने नेपालको सपना अधुरैः भारत आठौँ पटक बिजेता

  • शनिबार, अशोज ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

१९९३ मा साफ फुटवल शुरु भए पछि पहिलो पटक फाईनलमा पुगेको नेपालको उपाधी चुम्ने सपनामा धक्का लागेको छ ।
माल्दिभ्समा सम्पन्न खेलमा पहिलो हाफ् बराबरीमा रोकिए पनि दोस्रो हाफ्मा नेपालको डिफेन्स लाईन पूर्णतः असफल हुँदा तीन शुन्यले स्तव्ध भयो । नेपालले गरेका केही आक्रमण सफल हुन सकेन भने भारतले निरन्तर नेपाली पोष्टमा आक्रमण गर्यो ।
खेलको ४८ औँ मिनेटमै सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसको अर्को मिनेटमा भारतले अर्को गोल गरेको थपेको थियो । त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन ।
फितलो प्रदर्शन गरेको नेपालले खेलको निर्धारित समयको अन्तिम मिनेटमा थप एक गोल खाएको थियो ।
यो पराजयसँगै नेपाल उपविजेतामा सीमित रहन बाध्य भयो । आजको खेलमा नेपालका प्रशिक्षक र भारतका प्रशिक्षकलाई टच लाईनमा जान रोकिएको थियो । आजै नेपालमा उत्कृष्ट स्ट्राईकर अञ्जन विष्ट दोहोरो पँहेलो कार्डका कारण खेल्न नपाउनु पनि नेपालका लागि घाटा सावित भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ