साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध, यो निष्पक्ष भएन

साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध, यो निष्पक्ष भएन

अल्मुताइरीको प्रतिक्रियाः यो निष्पक्ष भएन

  • शनिबार, अशोज ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ, ३० असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे  माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

तर, यसअघि नै नेपाली मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रतिबन्ध लगाइएको छ । च्याम्पियनसिप फुटबलको फाइनल खेलमा उनलाई प्रतिबन्ध लगाएको हो ।

श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका उनलाई शनिबार हुन लागेको भारतविरुद्धको फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । तर, उनीमाथि लगाइएको प्रतिबन्ध साफकै नियमावलीविपरीत गरेको भन्दै आलोचना भइरहेको छ ।

साफको नियमावलीअनु्सार रातो कार्ड पाएमा मात्र अर्को खेल गुमाउनेछ । तर, उनले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए ।

अलमुताईरीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । तर, साफको उक्त निर्णयप्रति मुख्य प्रशिक्षक अलमुताईरीले असन्तुष्टि जनाएका छन् ।

शनिबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले आफूमाथि प्रतिबन्ध लगाउने निर्णय साफ च्याम्पियनसिपको उपाधि भारतले जितोस् भन्ने उद्देश्यले अभिप्रेरित रहेको आरोप लगाए ।  व्यक्तिगत रिसइवी साँध्ने गरी ममाथि नभएर नेपाली फुटबलमाथि कारबाही गरिएको उनको भनाइ छ ।

नेपाललाई पहिलो पटक साफ च्याम्पियसिपको फाइनलमा पु¥याएका अलमुताईरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा जाने चेतावनी दिएका छन् ।

 

दक्षिण एसियाली खेलकुद संघ (साफ)ले साफ च्याम्पियनसिपको फाइनलमा प्रतिबन्ध लगाएपछि नेपाली फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन्। शनिबार बिहान आफूलाई फाइनल खेलमा प्रतिबन्ध लगाएपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् असन्तुष्टि जनाएका हुन्।

‘यो निष्पक्ष भएन…, यो न्यायसंगत भएन’, साफले जारी गरेको नियमका बुँदासमेत राख्दै उनले लेखेका छन्, ‘हामीले नियमको पालना गर्नुपर्छ।’

अलमुताइरीले दुई खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको पत्राचार गरेको थियो। तर आफूले नै बनाएको नियमविपरीत रहेको भन्दै एन्फाले समेत असन्तुष्टि जनाएको बताइएको छ।

यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार पत्रकार सम्मेलन गर्ने जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ