दँशै घरमा मनाउन नपाएका नेपाली राष्ट्रिय फुटवल टोलीका खेलाडीहरु माल्दिभ्समै टिका लगाएर मनाए । उनीहरु यो विजयदशमीको उत्सवलाई महाउत्सव बनाउन सक्दो कसरत गर्ने अन्तिम तयारीमा छन् । नेपालीका लागि दँशै भन्दा अझै बढी महाउत्सव बन्ने छ यदी नेपालले आज साँझ भारतमाथि जीत हाँसिल गरेमा । किनकि नेपाल २८ वर्ष यता पहिलो पटक साफ फुटवल च्याम्पियनसिपको फाईनलमा भीड्दैछ ।
ईतिहाँस भारतको पक्षमा देखिन्छ । साफ सात पटक भारतले जीतिसकेको छ भने नेपालले एक पटक पनि जीतेको छैन । दक्षिण एशियामा भारतीय फुटवल टोली सबै भन्दा बलियो देखिन्छ ।
यद्यपि, लिग चरणमा श्रीलका र बंगलादेशसँगको खेलमा राम्रो प्रदर्शन नगरेको भारतले अन्तिममा नेपाल र माल्दिभ्समाथि भने जीत हाँसिल गर्यो र फाईनलमा स्थान बनायो ।
नेपाली टोली र प्रशिक्षक अलमुताईरीले बंगलादेशसँग बराबरी खेल्दै फाईनलमा स्थान बनाएपछि हर्षको आँशु झारेका थिए ।
आज साँझ ८ः४५ बजे मालेमा हुने खेलमा नेपालले आक्रामक र रक्षात्मक फुटवल खेल्ने सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए ।
नेपालले पछिल्लो तीन म्याच खेल्दा भारतसँग एकमा बराबरी र दुईमा पराजय व्यहोरेको छ । धेरै नेपाली फुटवल समर्थकले दँशैको उत्सवलाई फुटवलमा जीतको महाउत्सव मनाउने तरखर गरीरहेका छन् । नेपालले त्यस्तो उपलव्धि हाँसिल गर्ने आज ऐतिासिक अवसर छ ।