साफ च्याम्पियनसिपको फाईनलमा नेपालले भारतको सामना गर्ने

साफ च्याम्पियनसिपको फाईनलमा नेपालले भारतको सामना गर्ने

  • बिहिबार, अशोज २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

दक्षिण एशियाली राष्ट्रहरुको सबै भन्दा ठूलो फुटवल प्रतियोगीता साफ च्याम्पियनसिपको फाईनलमा नेपालले भारतको सामना गर्ने भएको छ । गएराति सम्पन्न लिग चरणको खेलमा भारतले आयोजक माल्दिभ्सलाई तीन एकले स्तव्ध पार्दै फाईनल पुगेको छ । नेपाल त्यस अघि नै बंगलादेशलाई रोक्दै फाईनल पुगेको थियो ।
अब उपाधीका लागि भारतले नेपालको सामना गर्नेछ । लिग चरणमा नेपालको सात अंक भएको छ भने भारतको ८ अंक भएको छ ।
लिग चरणमा भारतले नेपालमाथि एक शुन्यको जीत हासिल गरेको थियो । भारत सात पटकको बिजेता हो भने नेपाल पहिलो पटक फाईनल पुगेको हो ।
फाईनल खेल शनिबार साँझ ८ः४५ बजे हुनेछ ।
यस पटक नेपाल पनि उपाधी जीत्ने लक्ष्य सहित मैदानमा आएकाले र रक्षा र आक्रमण दुबैमा सबल देखिएकाले उपाधी भीडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
यो उपाधी भीडन्तपछि नेपालका प्रशिक्षक अलमुताईरीले राजीनामा दिने घोषणा गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ