ईतिहासमा पहिलो पल्ट नेपाल साफ् च्याम्पियनसिपको फाईनलमा

ईतिहासमा पहिलो पल्ट नेपाल साफ् च्याम्पियनसिपको फाईनलमा

  • बुधबार, अशोज २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

माल्दिभ्समा जारी साफ् च्याम्पियनसिप फुटवलमा नेपाल ईतिहालमै पहिलो पटक फाईनलमा प्रवेश गरेको छ । साफ् शुरु भए यता नेपाल सेमिफाईनल भन्दा माथि जान सकेको थिएन । शुरुवातमै गोल खाएर दबाबमा आएको नेपाल अन्तिम समयमा ८७ औँ मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काउदै फाईनलका लागि छनौट भएको हो । डिबक्स एरियामा अञ्जन विष्टलाई तानेर फल गरेपछि पाएको पेनाल्टीमा अञ्जनले सटिक गोल गरेर नेपाललाई ऐतिहासिक जीत दिलाएका थिए । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो ।
बंगलादेशले ८ औँ मिनेटमै गोल गर्दै नेपालमाथि दबाब दिएको थियो । गौतम श्रेष्ठले फल गरेपछि पाएको अवसरमा बंगलादेशले गोल गरेको थियो । त्यस अघि बंगलादेशका किपर जिको बाहिर हातले बल छोएपछि रेडकार्ड खाएर बाहिरिएका थिए । त्यसपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालले बंगलादेशको पोष्टमा पटक पटक गरेको आक्रमण सफल हुन सकेको थिएन । बंगलादेशले गरेको प्रहार कप्तान गोल किपर किरणले पटक पटक बचाउ गरेका थिए ।
पेनाल्टीमा बंगलादेशसँग बराबरी खेलेर अंक बाँडेसँगै नेपालको ७ अंक भएको छ । बंगलादेशको ५ अंक भएको छ । श्रीलंकासँगै बंगलादेश पनि प्रतियोगीताबाट बाहिरिएको छ । यस अघि नै श्रीलंका बाहिरिएको थियो ।
अब नेपालले फाईनलमा माल्दिभ्स र भारत मध्य एकसँग खेल्नु पर्नेछ । भारत र माल्दिभ्सबीच आजै राति पौने १० बजे खेल हुनेछ । अब भारतलाई फाईनलमा पुग्न जीत चाहिन्छ भने माल्दिभ्सलाई कम्तीमा बराबरी आवस्यक पर्छ ।
फाईनल खेल शनिबार राति पौने ९ बजे मालमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ