विश्वकप छनोटमा जर्मनीलाइ सफलता

विश्वकप छनोटमा जर्मनीलाइ सफलता

  • मङ्लबार, अशोज २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं ।
आगामी वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलका लागि जर्मनी टोली छनोट भएको छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४(० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगाबै विश्वकपका लागि छनोट भएको हो ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गरे । काइ हाभर्ट्ज र जमाल मुसियालाले एक(एक गोल गरे ।

हाभर्ट्जले खेलको ५० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

वेर्नरले ७० औं र ७३ औं मिनेटमा लगातार दुई गोल गर्दा जर्मनीले ३(० को अग्रता बनायो ।

त्यसपछि मुसियालाले खेलको ८० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ४(० को जित दिलाए ।

यस जितसँगै समूह जे बाट जर्मनीले दुई खेल अगाबै विश्वकपमा आफ्नो सिट पक्का गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ