सुरक्षा गार्डमाथि गोली प्रहार गरी सिटिजन बैंक लुट्ने २ भारतीयसहित ३ पक्राउ

सुरक्षा गार्डमाथि गोली प्रहार गरी सिटिजन बैंक लुट्ने २ भारतीयसहित ३ पक्राउ

  • सोमवार, अशोज २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

मोरङ, २५ असोज । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखामा शुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

तीमध्ये दुई भारतीय नागरिक भएको र एक विराटनगरका बासिन्दा भएको प्रहरी स्रोतले जनाएको छ । करिब ५ जनाको समूह बैंकमा जबर्जस्ती छिर्न खोज्दा रोक्ने क्रममा सुरक्षा गार्डलाई गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका २ का सीतल कुंवर घाइते छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

कुंवरको घाँटीको पछाडि भागबाट गोली लागेको र एक्स–रे गरी हेर्दा शरीरमा गोली नदेखिएकोले गोली निस्केको हुनसक्ने उपचारमा संलग्न चिकित्सकले बताए । लुटेरा समूहलाई सुरक्षा गार्डले रोक्न खोजेपछि लुटेरा समूहले तीन राउण्ड गोली चलाएको स्थानीयको भनाइ छ ।
लुटेरा समूहले बैंकभित्र प्रवेश गरेर के कति लुटपाट गरे भन्नेबारे अहिले केही खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ