नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम घट्यो

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम घट्यो

  • सोमवार, अशोज २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, २५ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अङ्कले ओरालो लागेर ४९४.२२ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर रु तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर ओरालो लाग्यो । सामूहिक लगानी कोष ०.०६ र लगानी ०.९१ विन्दुले उकालो लाग्यो । बैंकिङ १६.२५, व्यापार ६४.४९, होटल तथा पर्यटन १८.६३, जलविद्युत् ३२.९३, वित्त ४२.७५, निर्जीवन बीमा ७८.९६, उत्पादन १८.१६, अन्य ३७.५२, लघुवित्त ६७.५८, जीवन बीमा ४१.०६ विन्दुले ओरालो लाग्यो ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १७ करोड १३ लाख ८५ हजार ३१८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९२ लाख ४१ हजार ३१७, महालक्ष्मी विकास बैंक रु १२ करोड ४३ लाख ७६ हजार ४८, नेपाल पूर्वाधार बैंक रु ११ करोड ६७ लाख २८ हजार ७८४ र नेपाल बैंक रु १० करोड ५० लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा ग्लोबल आइएमई समुन्नत स्किम एक ९.९०, सानिमा लाइफ इन्स्योरेन्स ७.८८, नेपाल पूर्वाधार बैंक ५.०९, कुमारी इक्विटी फण्ड ३.३८ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले २.९१ प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैंक ८.७६, रैराङ हाइड्रोपावर ८.२९, छ्याङदी हाइड्रोपावर ७.४३, मल्टिप्रपोज फाइनान्स कम्पनी ५.२० र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ४.६९ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी