भारत बलियो टोली हो, हामीले जीत्ने संभावना एक प्रतिशत मात्र छ : अलमुताईरी

भारत बलियो टोली हो, हामीले जीत्ने संभावना एक प्रतिशत मात्र छ : अलमुताईरी

  • शनिबार, अशोज २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले भारत नेपाल भन्दा बलियो टोली भएको स्वीकार गर्दै भोलीको खेलमा गोर्खाली शैलीमा खेल्ने बताएका छन् । नेपालले खेल जीत्ने संभावना एक प्रतिशत मात्रै रहे पनि आफूहरुले गोर्खाली पारामा खेल्ने उनको दाबी छ ।
प्रिम्याच प्रेस कन्फेरेन्समा उनले यो बताएका हुन् । उनले ९५ प्रतिशत म्याच भारतले जीत्ने संभावना रहेको, ४ प्रतिशत ड्र हुने संभावना रहेको र एक प्रतिशत मात्रै नेपालले जीत्ने संभावना रहेको आश्चर्यजनक अभिव्यक्ति दिएका छन् ।
माल्दिभ्समा जारी साफ् च्याम्पियनसिपमा नेपाल दुबै खेलमा जीत सहित शीर्ष स्थानमा छ भने भारत दुई खेलमा बराबरीसँगै चौथो स्थानमा छ । फाईनलमा पुग्न भारतले यो खेल जीत्नै पर्ने दबाब छ भने नेपालले कम्तीमा बराबरी गरे पनि फाईनल पुग्ने संभावना रहन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ