चितवनले हात पार्यो ईपिएलको उपाधी, पोखरा उपविजेता

चितवनले हात पार्यो ईपिएलको उपाधी, पोखरा उपविजेता

  • शनिबार, अशोज २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ । भीम सार्कीले अर्धशतक बनाएपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो । चितवनले शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको हो ।

चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखराले १७.५ ओभर खेली १ सय ११ रनमा अलआउट भएको थियो । भीमले ४४ बलमा ६३ रन बनाएपछि चितवनले १५.५ ओभरमै लक्ष्य पुरा गर्‍यो । उनले ७ चौका र २ छक्का प्रहार गरे । भीम आउट भएपछि आएका कप्तान सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरे ।

ओपनर मोहम्मद शाहजाद १४ बलमा २ चौका प्रहार गरी ११ रन बनाए । दुवै अफगानि ब्याटरलाई किशोर महतोले आउट गरेका थिए ।

दीलिपले १७ बल खेली २ चौका प्रहार गरी १८ रन बनाई किशोरको तेस्रो सिकार भए । राजेश पुलामी १२ बलमा १ चौका प्रहार गरी १४ रनमा नन्दनको बलमा बोल्ड भए ।

चितवनले राउन्ड रोबिन लिग र क्वालिफायरमा दुवैपटक पोखरालाई पराजित गर्दै फाइनल पुगेको थियो । दुवै खेल चितवनले समान ९ विकेटले जितेको थियो ।

चितवन जस्तै पहिलोपटक फाइनल खेलिरहेको पोखरालाई रिचर्ड लेभी र विपिन रावतले राम्रो सुरुआत दिलाएका थिए । तर करिम जन्नतको बलमा लेभीलाई दीलिप नाथले उत्कृष्ट क्याच गरेपछि पोखराको पतन सुरु भएको थियो । लेभीले १५ बल खेली ५ चौकासहित २६ रन बनाए । १५ बल नै विपिनले १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्यसपछि रित गौतम र सहान अराचिगे समान २ रनमै आउट भए । असेला गुनारत्नेले ३४ रन जोडे । उनले २४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । विवेक यादव ४, लोकेश बम शून्य, विक्रम सोब १, नन्दन यादव शून्यमा आउट भए ।

कप्तान विनोद भण्डारी आउट हुने अन्तिम खेलाडी थिए । उनले २६ बलमा २२ रन बनाए । उनले २ चौका प्रहार गरेका थिए । चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए । उनले ३।५ ओभरमा २० रन खर्चे ।

करिम जन्नतले ३ ओभरमा १५ र सेकुगे प्रसन्नले ३ ओभरमा १३ रन खर्चेर २- २ तथा सोमपाल कामी र सागर ढकालले १ -१ विकेट लिएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ