लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

  • बिहिबार, अशोज २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, २१ असोज । माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न साधारणसभा बोलाएको छ। बैंकले २६ कात्तिकमा होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा २३औँ वार्षिक साधारणसभा बोलाएको हो।

कोभिड(१९ महामारीको जोखिमका कारण साधारणसभामा भिडियो कन्फ्रेन्समार्फत हुनेछ । सभामा सहभागी हुने सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था बैंकले गरेको जनाएको छ ।

सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । गत आर्थिक वर्षको कमाईबाट बैंकले लाभांश खुवाउन लागेको हो । सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्रप्ति गर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको नियुक्तिलगायतका विषयमा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले ७ कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार ६ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ