लुम्बिनी प्रदेश सरकारले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट (पूर्ण पाठसहित)

लुम्बिनी प्रदेश सरकारले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट (पूर्ण पाठसहित)

  • बुधबार, अशोज २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बुटवल, २० असोज । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत बुधबारको प्रदेशसभा बैठकमा नयाँ बजेट सार्वजनिक गरेका हुन् ।

प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले बजेट पेस गरेका हुन् ।

प्रस्तुत बजेटमध्ये चालूतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रतिशतका आधारमा कुल बजेटको ३३ दशमलव ३१ प्रतिशत चालू खर्चतर्फ र ५४ दशमलव ८७ प्रतिशत पुँजीगततर्फ रहेको छ । त्यसबाहेक ११ दशमलव ८२ प्रतिशत अर्थात् चार अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहुसाँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापनालगायतका नयाँ कार्यक्रम समेटिएका छन् ।

बुधबार दिउँसो १ बजे बसेको प्रदेशसभाको आठौँ बैठकमा सरकारले एमालेको अवरोधका बीच प्रतिस्थापन विधेयक ल्याएको थियो । त्यसपछि अपराह्न ४ बजे बसेको प्रदेशसभाको नवौँ बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

https://www.mirmireonline.com/wp-content/uploads/2021/10/Lumbinee-Budget-1.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ