कोरोना अपडेट : एक हजार ४३ जना संक्रमित , ८९१ जना डिस्चार्ज

कोरोना अपडेट : एक हजार ४३ जना संक्रमित , ८९१ जना डिस्चार्ज

  • बुधबार, अशोज २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा एक हजार ४३ जनामा संक्रमण पाइएको हो ।

योसँगै देशभर सक्रिय संक्रमित १६ हजार १९४ जना छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन् ।
पछिल्लो २४ घन्टामा ८९१ जनाले संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७२ हजार २२९ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १९२ जनाको निधन भइसकेको छ ।

हाल देशभर ३३८ जना सघन उपचार कक्ष ९आईसीयू०, ११५ जना भेन्टिलेटर, १४ हजार ९७५ जना होम आइसोलेसन, एक हजार २१९ जना संस्थागत आईसोलेसन र ४६७ जना क्वारेन्टिनमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ