७६ यात्रु बोकेका श्री एयरलाईन्सको जहाज घाँसै मैदानमा फस्यो , उद्धार प्रयास जारी

७६ यात्रु बोकेका श्री एयरलाईन्सको जहाज घाँसै मैदानमा फस्यो , उद्धार प्रयास जारी

  • मङ्लबार, अशोज १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ असोज १९ । ७६ यात्रु बोकेर नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला घाँसे मैदानमा फसेको श्री एयरलायन्सको विमान उद्धार प्रयास जारी छ ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार यात्रु राखेर पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जानेक्रममा श्री एयरलायन्सको ड्यास– एट विमान पार्किङ क्षेत्रभन्दा बाहिर घाँसे मैदानमा पुगेको थियो । जहाजको बायाँ पांग्रा (ल्याण्डिङ गियर) डोमेस्टिक पार्किङको पिचभन्दा तीन फिट बाहिर गएको छ ।
विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारीका अनुसार नेपालगञ्जकालागि जहाजमा चढेका यात्रुलाई श्रीको अर्को विमानमा पठाउने तयारी भइरहेको छ ।
अल्फा नोभेम्बर फक्सट्रट कलसाइन भएको यो ड्यास– एट विमानको नेपालगञ्ज उडान समय बिहान साढे नौ बजे थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ