चाडपर्वमा सीडीओ र जिल्ला सुरक्षा प्रमुखलाई घर बिदा बस्‍न रोक, २४ सै घन्टा ठाडो निवेदन दर्ता गर्नुपर्ने

चाडपर्वमा सीडीओ र जिल्ला सुरक्षा प्रमुखलाई घर बिदा बस्‍न रोक, २४ सै घन्टा ठाडो निवेदन दर्ता गर्नुपर्ने

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १७ असोज । चाडपर्व अवधिभर बिदा नबस्‍न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।
यो निर्देशनसँगै अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबाहेक प्रजिअसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखहरुले जिल्ला छोडेर बाहिर जान पाउने छैनन् । गृहको निर्देशनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुलाई पनि चाडपर्वमा घरबिदामा जान रोक लगाइएको छ ।
यस्तै गृहले चाडपर्वको समयमा सर्वसाधारणले २४ सै घन्टा ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन निर्देशन दिदैँ ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना लागू गर्न पनि गृहको निर्देशन छ ।

गृह मन्त्रालयको निर्देशनपछि देशभर जिल्लाको अवस्था अनुसार प्रहरी र सशस्त्रका जनशक्ति परिचालित हुने गरी विशेष सुरक्षा योजना लागू गरिएको छ । पर्वलाई लक्षित गरी सबै जिल्लामा बजार अनुगमनलाई पनि बढाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ