काठमाडौं, १७ असोज । आज ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भयो । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा भएका छन् ।
गृहका सहसचिव कमलराज ढकाललाई भोजपुरको सिडिओको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयका अनुसार डडेलधुराको सिडीओमा गृहका सहसचिव हरीप्रसाद घिमीरे, लमजुङको सिडिओमा सुशील वैद्य, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनोजकुमार घिमिरे, सप्तरीमा विष्णु लामिछाने, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महतको सरूवा भएको छ।
गृह मन्त्रालयले १६ सहसचिव सहितको काज सरुवा गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline