वृक्षरोपण गर्दै मकवानपुरमा मनाइयो प्रहरी दिवस

वृक्षरोपण गर्दै मकवानपुरमा मनाइयो प्रहरी दिवस

  • आइतवार, अशोज १७, २०७८
  • शिव चौलागाईं

  • 3.1K
    SHARES

मकवानपुर, १७ असोज ।  मकवानपुरमा आइतबार ६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा हेटौंडामा वृक्षरोपण, सरसफाई, मास्क वितरण कार्य गरिएको छ । कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक नगरबासीले आफ्ना घरआँगन, बगैँचामा वृक्षारोपण गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको हेटौंडाको कर्रा खोला किनारमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा अमला,आँप कटहरलगायतको विरुवा रोपिएको छ ।

यस्तै, हेटौंडा २ मा रहेको वनस्खण्डी मन्दिरको सरसफाई गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाइ गरिएको हो ।

मन्दिरको प्रवेशद्वारदेखि चढ्ने सिढी तथा परिसरमा रहेका पातपतिगंर हटाइएको थियो । चाडवाडमा मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयलाई सहयोग पुग्ने हिसाबले सरसफाई गरिएको जनाइएको छ ।

यस्तै, नजिकिएको चार्डपर्वसँगै बढदै गरेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले हेटौंडामा मास्क वितरण गरेको छ ।

हेटौंडाको बुद्धचोकमा मास्क नलगाई हिँड्ने पैदल यात्रीलाई मास्क वितरण गरिएको हो । प्रहरीले मास्क नलगाउनेलाई जरिवाना तिराउने र मास्क वितरणको कामलाई प्रभावकारी बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, राप्ती डिभिजन वन कार्यालयको दीर्घनारायण कोइरालालगायतको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ