ईपीएल क्रिकेट : चितवनको लगातार चौथो जित, शीर्ष दुई पक्का

ईपीएल क्रिकेट : चितवनको लगातार चौथो जित, शीर्ष दुई पक्का

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, १७ असोज । चितवन टाईगर्सले जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शीर्ष दुईमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले शीर्ष दुईमा स्थान पक्का गरेको हो ।

यसअघि १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चितवनलाई जिताउन मोहम्मद सहजादले सर्वाधिक ३५ रन बनाए । यस्तै भिम सार्कीले २७, भिरन्दीप सिंह १३ तथा दिलीप नाथले १६ रन बनाए ।

यता, ललितपुरका अज्मतुल्लाह ओमार्जाईले र राजन ढकालले समान २ विकेट लिए । यस्तै योगन्द्र सिंह कार्कीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । ललितपुरका जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन बनाउँदा सूर्य तामाङ ११ रन बनाए ।

चितवनका कमलसिंह ऐरीले ३ विकेट लिए । यस्तै करिम जनत र सागर ढकालले समान २ विकेट लिए । शाहब आलमको नाममा १ विकेट रह्यो ।

जितसँगै चितवन शीर्षस्थानमा रहँदै शीर्ष दुई पक्का गरेको छ । यता, ललितपुरको भने प्लेअफको लागि अंकगणितीय सम्भावना कायम छ ।

चितवनले ४ खेलमा शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित १ हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ । भैरहवा ३ खेलमा १ जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ ।

ललितपुर ५ खेलमा १ जित र ३ मा हारसहित ३ अंक जोड्दै चौथो स्थानमा छ । काठमाडौं ३ खेलमा १ जित र २ हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ । विराटनगर वारियर्स ५ खेलमा १  जित र ४ हारसहित पुछारमा रहँदै उपाधि होडबाट बाहिरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ