बागमती प्रदेश प्रमुख शर्मा डिस्चार्ज

बागमती प्रदेश प्रमुख शर्मा डिस्चार्ज

  • आइतवार, अशोज १७, २०७८
  • शिव चौलागाईं

  • 5.1K
    SHARES

मकवानपुर, १७ असोज।  बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा डिस्चार्ज भएका छन् । मुटुसम्बन्धी समस्याबाट ग्रसित भएपछि गत ४ असोजमा अस्पताल भर्ना भएका शर्मा गत १४ असाेजमा डिस्चार्ज भएका हुन् ।

शर्मा सात वर्षदेखि मुटुसम्बन्धी समस्याबाट पीडित छन् । प्रदेश प्रमुख शर्माको स्वकीय उपसचिव पारसमणि फुयाँलका अनुुसार शर्माको शहीद गंगालाल हृदयरोग केन्द्र,उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो ।

शर्मा उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । ‘उपचारपछि पूर्ण रूपमा घरमै स्वास्थ्य लाभ गरिरहेको छु,’ शर्माले न्युज कारखानासँग‍ भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’

शर्मा आगामी मंगलबार नियमित फलोअपपछि नियमित कार्यमा फर्कने स्वकीय उपसचिव फुयाँलले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ