डन्डीकाे मूल्य चार रुपैयाँ घटाउन फलामे छड उत्पादक संघको निर्देशन

डन्डीकाे मूल्य चार रुपैयाँ घटाउन फलामे छड उत्पादक संघको निर्देशन

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, १७ असोज । नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य घटाउन निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई निर्देशन दिएको हो ।

सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनले स्पन्ज आइरनमा अन्तःशुल्क घटाउँदा डन्डीको बजार मूल्य पनि घटेको संघको भनाइ छ । फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विदेशबाट बिलेट ल्याएर डन्डी उत्पादन गर्दै आएका उद्योग भने सरकारको निर्णयको विरोधमा छन् । फलाम र स्टिलजन्य वस्तु उत्पादनका लागि चाहिने कच्चा पदार्थ बिलेट र स्पन्ज आइरनमा अन्तःशुल्क बढेपछि उद्योगहरूले प्रतिकिलो छ रुपैयाँसम्म मूल्य बढाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ