आरएसडीसी लघुवित्तको १० दशमलव ५२ प्रतिशत बोनस सेयर घोषणा

आरएसडीसी लघुवित्तको १० दशमलव ५२ प्रतिशत बोनस सेयर घोषणा

  • आइतवार, अशोज १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, १७ असोज। आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० दशमलव ५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २०७६-७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । लघुवित्तले सात करोड ३१ लाख ९५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३८ लाख ५२ हजार चार सय २० रुपैयाँ नगद बाँड्नेछ ।

अघिल्लो वर्ष यसले ९ प्रतिशत बोनस सेयर र ३ दशमलव ६३ प्रतिशत गरी कुल १२ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ