नेपालका उत्कृष्ट स्टाईकरको भूमिकामा देखिएका मनीष डाँगीले ८६ औँ मिनेटमा गोल गरेपछि साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई पराजीत गरेको छ । डाँगीले गरेको एक मात्र गोल नेपालको जीतका लागि पर्याप्त बन्यो ।
उनी नवयुगको स्थानमा सब्स्टीच्युट प्लेयरका रुपमा नवयुगको स्थानमा मैदानमा प्रवेश गरेका थिए । यस अघिका अधिकाशं खेलमा माल्दिभ्स बिजयी भएको थियो । खेल अवधिभर नेपालमाथि दबाब राखेपनि माल्दिभ्सका अधिकाशंक प्रहारलाई नेपालका गोल किपर किरणले बिफल पारेका थिए ।
आजदेखि माल्दिभ्समा शुरु भएको साफ् च्याम्पियनसिप फुटवल प्रतियोगीतामा नेपालले पहिलो खेलमा जीत सहित तीन अंक जोडेको छ । यस अघि आजै बंगलादेशले पनि श्रीलंकालाई पराजीत गर्दै तीन अंक जोडेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline