लगातार तेस्रो खेल जित्दै चितवन प्लेअफमा

लगातार तेस्रो खेल जित्दै चितवन प्लेअफमा

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, १५ असोज ।  लगातार तेस्रो जित निकाल्दै चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) टि-ट्वान्टी क्रिकेटमा प्रतियोगितामा प्लेअफमा स्थान बनाएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन दुई खेलअघि नै शीर्ष स्थानमा रहँदै पहिले प्लेअफ पुग्न सफल भएको हो । सोमपाल कामीको कप्तानीमा रहेको चितवनले १२४ रनको लक्ष्य पछ्याउने क्रममा १६ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै  जित हासिल गरेको हो ।

चितवनको जितमा ओपनिङ ब्याटर  मोहम्मद शाहजाद ५२ बलमा सात चौका र दुई छक्कासहित ६३ रनमा अविजित रहे । यस्तै ब्याटर भीम सार्की ५२ रनमा अविजित रहे ।

जितसँगै चितवनले  तीन खेलमा शत प्रतिशत जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । । भैरहवा तीन खेलमा एकमा जित र दुई खेलमा अंक बाड्ँदै चार अंकका साथ दोस्रो स्थानमा छ । पोखरा तीन खेलमा एकमा जित र एकमा हारसहित तीन अंकका साथ तेस्रो स्थानमा छ ।

यसअघि विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा  राइनोजले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

पोखराको लागि विवेक यादवले सर्वाधिक ५३ रन बनाए । ४५ बल खेलेका विवेकले तीन चौका र तीन छक्का प्रहार गरे ।

चितवनका साहब आलमले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिए । कमलसिंह ऐरीले दुई र सोमपाल कामीले एक विकेट लिए ।

यसअघि शुक्रबार नै भएको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई ३७  रनले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ