एनभीए महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने

एनभीए महिला भलिबल : उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, १५ असोज  । एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्ड फाइनल प्रवेश गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा न्यु डायमण्डले ३-२ सेटमा खेल आफ्नो पक्षमा पारेको हो ।

पहिलो सेटमा सुरुवातबाटै पुलिसले अग्रता बनायो । उसले कुनै पनि समय न्यु डायमण्डलाई खुलेर खेल्न दिएन र पहिलो सेट २५-१८ ले सहज जित हात पार्‍यो ।

दोस्रो सेट न्यु डायमण्डले २५-१७ ले जित्दै सेट १-१ को स्थितिमा ल्यायो । तेस्रो सेट पुनः पुलिसले आफ्नो नियन्त्रणमा लियो । पुलिसले २-१ को अग्रता बनाउने क्रममा २५-२१ ले तेस्रो सेट जित्यो ।

चौथो सेट पुनः न्यु डायमण्डले २५-१७ ले जित्दै २-२ को बराबरी गर्‍यो ।

अन्तिम सेटमा न्यु डायमण्डले समालिएको खेल प्रदर्शन गर्दै सेट १५-१० ले जित्यो ।

अब उपाधिका लागि न्यु डायमण्डले एपीएफ क्लबको सामना गर्नेछ । आज बिहान भएको पहिलो विभागीय प्रतिस्पर्धामा आर्मी क्लबलाई पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ ।

यस्तै आज नै पुरुष तर्फको सेमिफाइनल खेल रहेको छ । पहिलो सेमिफाइनलमा हेल्प नेपाल र नेपाल पुलिस तथा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ