अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, १५ असोज । अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधान्यायाधीशले सफाइ पाएका छन् ।

५ पुसको प्रतिनिधिसभा विघटनपछि पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेर असंवैधानिक र यसले संविधान नै समाप्त पार्ने भन्दै विरोध जनाएका थिए ।

विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेका बेला विज्ञप्ति निकालेर स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन प्रभावित पार्न खोजेको भन्दै अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले अदालतको अवहेलनामा रिट दायर गरेका थिए ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले रिटमा सुनुवाइ गर्दै मागदाबी नपुग्ने फैसला सुनाउँदै सफाइ दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ