साहस उर्जाको आईपीओ बाँडफाँट आइतबार

साहस उर्जाको आईपीओ बाँडफाँट आइतबार

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, १५ असोज ।
साहस उर्जाले साधारण सेयर (आईपीओ) बाँडफाँट आगामी आइतबार हुने भएको छ । कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको प्रि–अलटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिन १० असोजसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकले तीन करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिने कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ