मेटलाइफले सार्वजनिक गर्‍याे बीमितको बोनस दर, अधिकतम ८० रुपैयाँसम्म पाउने

मेटलाइफले सार्वजनिक गर्‍याे बीमितको बोनस दर, अधिकतम ८० रुपैयाँसम्म पाउने

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं, १५ असोज । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७६/०७७ को बोनस दर सार्वजनिक गरेको छ ।  कम्पनीले सार्वजनिक गरेको दरअनुसार बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीले ०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो । कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने छन् । उक्त बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

यस्तै शिक्षा संरक्षण बीमा योजनामा पनि न्युनतम ६० रुपैयाँ देखि ८० रुपैयाँ पाउनेछन् । यस बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० र २१ वा सो भन्दा माथि अवधिका बीमालेखमा ८० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्यूनतम ४५ रुपैयाँदेखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् । अग्रिम भुक्तानी बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखमा ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ