बैंक अफ काठमाण्डूले ल्यायो दसैँ अफर, अनलाइनबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाइने

बैंक अफ काठमाण्डूले ल्यायो दसैँ अफर, अनलाइनबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाइने

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १५ असोज ।

बैंक अफ काठमाण्डूले ल्यायो दशैं अफर ल्याएको छ । अफरअन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरूले स्मार्ट कोडको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका हुन्।

नेपालीको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट काेडले यही १४ असोजबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ।

बैंकको कार्डबाहक ग्राहकहरूले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन्।

स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन्। बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ