आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १५ असोज ।  एनआईसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । एनआईसीले ६ असोजबाट आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको तीन लाख ६५ र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

यसमा लगानीकर्ताले शुक्रबार कार्यालय समयसम्ममा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ५३९ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको सेयरमा ४९७ रुपैयाँ न्यूनतम रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले एक सय कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा लिलामीको बोलपत्र पेस गर्न सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ