प्रुडेन्सियल इन्स्युरेन्सको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम मौका

प्रुडेन्सियल इन्स्युरेन्सको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम मौका

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १५ असोज ।  महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक सेयर लिलामीमा आवेदन भने  शुक्रबार अन्तिम दिन रहेको छ । इन्स्युरेन्सले ७० हजार ६६९ कित्ता संस्थापक सेयर लिलामी बिक्री सुरु गरेको हो ।

आवेदन दिँदा न्यूनतम ५०१ रुपैयाँ मूल्य राख्न सकिनेछ ।  यसमा लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले शुक्रबार कार्यालय समयसम्ममा यसमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका गर्न जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ