प्रेमीसँग विवाह गर्न शाही पदवीसमेतत्याग्दैँ जापानी राजकुमारी, यही २६ अक्टोवरमा विवाहको मिति तय

प्रेमीसँग विवाह गर्न शाही पदवीसमेतत्याग्दैँ जापानी राजकुमारी, यही २६ अक्टोवरमा विवाहको मिति तय

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एजेन्सी,  १५ असोज ।  दुई वर्षसम्मको अन्यौलपछि अन्ततः जापानी राजकुमारीको विवाहको टुंगो लागेको छ । राजकुमारी माकोले आफ्ना कलेज पढ्दादेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने भएकी हुन् ।
उनीहरुको विवाह यही २६ अक्टोवरमा हुने भएको छ । विवाहका लागि राजकुमारीले आफ्नो शाही पदवीसमेत त्याग्ने भएकी छिन् ।

यो जोडिको सन् २०१८ मा विवाह गर्ने योजना थियो । तर, राजकुमारीको हुनेवाला सासुको आर्थिक लफडाका कारण विवाह धकेलिएको थियो ।

विवाहपछि यो जोडि अमेरिका बसोबास गर्नेछन् । कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् ।

उनीहरूको प्रेम सम्बन्ध र गतिविधिबारे जापानी सञ्चारमाध्यमहरूले विशेष महत्व दिँदै आएका छन् । सञ्चार माध्यमको अनावश्यक चासोका कारण राजकुमारी माको ‘ट्रउमेटिक स्ट्रेस डिसअर्डर’ बाट पीडित छन् ।

उनीहरूबीच सबैभन्दा पहिला सन् २०१२ मा भेट भएको थियो । टोकियोस्थित इन्टरनेसनल क्रिश्चियन युनिर्भसिटीमा अध्ययन गर्ने क्रममा उनीहरू नजिकिएका थिए ।

सन् २०१७ मा इन्गेजमेन्ट गरेको यो जोडि अर्को वर्ष विवाह गर्ने योजनामा थियो । तर, राजकुमारीको प्रेमीको आमाको वित्तिय लफडाले त्यतिवेला  उनीहरुको विवाह हुन सकेको थिएन । कोमुरोकी आमाले उनका लागि यसअघि नै अर्कै केटीसँग इन्गेजमेन्ट गरेको र हुनेवाला बुहारीबाट उनले धेरै ऋण लिएकोले सो रकम तिर्न नसक्दा राजकुमारीको विवाह पनि लम्बिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ