इपिएल टि-ट्वान्टी क्रिकेट- विराटनगरलाई ललितपुरको ऐतिहासिक लक्ष्य

इपिएल टि-ट्वान्टी क्रिकेट- विराटनगरलाई ललितपुरको ऐतिहासिक लक्ष्य

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १५ असोज ।  एभरेस्ट प्रिमियर लिग (इपिएल) टि-ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई जितका लागि दुई सय २७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर इपिएलकै सर्वाधिक  दुई सय २६ रन बनाएको हो ।

ललितपुरका ओपनिङ ब्याटर सन्दुक विराक्कोडीले सर्वाधिक ७३ रन बनाए  । यस्तै अज्मतुल्लाह ओमार्जाइले ५८ रन बनाउँदा कुशल भुर्तेलले ३२, योगेन्द्र सिंह कार्कीले २७ तथा नारायन जोशीले १८ रन बनाए ।

विराटनगरका कप्तान कारण केसीले दुई तथा सिकन्दर राजा, प्रतिस जिसी, दिल्शन मुनावीराले समान १-१ विकेट लिए ।

इपिएल क्रिकेटको इतिहासमा यो सर्वाधिक रन बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ