सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्याे अनुमति

सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्याे अनुमति

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडाैं, १५ असाेज ।

आईपीओ निष्कासन गर्नका लागि सिवाईसी नेपाल लघुवित्तले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले तीन करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो ।

संस्थाको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । अब, कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति दिएपछि मात्र कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।

बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले शालिग्राम लघुवित्तलाई एक्विजिसन गरेको छ । एक्विजिसनपश्चात् वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ र जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ