एक सातामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

एक सातामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, १५ असोज । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार सात सय रुपैयाँ कायम भएकोमा शुक्रबार नाै सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

एक साता भरीको महासंघको तथ्यांक हेर्दा अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले सुनको मूल्य उकालो लागेको छ । साताको पहिलो दिन छापावाल सुन ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७६ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ४३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार १४० रुपैयाँ कायम भएको छ । बिहीबार एक हजार १२० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्रामको ९९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ